नेपालगन्ज – गायक रविराज साहको स्वरमा छट गीत
‘ठेकुआ के इयाद’ सोमबार सार्वजनिक भएको छ ।
आन्नद अस्तित्वको शब्द रहेको सार्वजनिक छट गित ‘ठेकुआ के इयाद’ अवध मिडिया ग्रुप नेपालगन्जले निकालेको हो ।
पुणेन्दु प्रोडक्सनको प्रस्तुती रहेको उक्त गितलाई पुणेन्दु झा, आशिश गुप्ता, राज सरार्फ ,सुजित सिंहले निर्देशन गरेका हुन् भने गितको सम्पादन चन्दुज स्टुडियोज प्रा लि जनकपुरधामले गरेको हो ।
पहिलो पटक छट गित मार्फत नेपाली साङ्गेतिक क्षेत्रमा प्रवेश गरेका चर्चित लाेकस्टार गायक रविराज साहको स्वरमा रहेको ‘आवे ठेकुआ के इयाद’ नेपालकै पहिलो छट गित समेत हो ।
अवध मिडिया प्रा. लि. द्वारा संचालित जी नेपाल तथा चन्दुजकाे संयुक्त ब्यानरमा गित सार्वजनिक भएकाे छ ।
हेर्नुुस् भिडियो :