श्रीमान्को हत्या अभियोगमा पक्राउ

बर्दिया÷ बर्दियाको बाँसगढीमा पतीको हत्या गरी फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगपालिका ६ का अन्दाजी ५२ वर्षीय समला दरै हत्याको आरोपमा उनकी पत्नी ५० वर्षीया दिलमाया दरैलाई प्रहरीले पक्राउ गरेको हो ।


पतिको हत्या गरेर फरार रहेकी पत्नी दिलमाया दरै बाँकेको खजुरा गाउँपालिका ७ गुनानाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक एसपी राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् । उनलाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखि कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिएका छन् ।


लामो समयदेखि भारतामा मजदुरी गर्दै आएका समला बिहीबार घर फर्किएका थिए । सोही दिन घरमा झगडा भएको सुनिएको छिमेकीले बताएका प्रहरीले जनाएको छ । शनिबार बिहान आठ बजेसम्म दरैको घरमा सुनसान देखिएपछि हेर्न पुगेका छिमेकीले घरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी टोली पुगेपछि मात्र पतिको हत्या गरी पत्नी फरार रहेको खुलेको हो ।

प्रतिक्रिया

प्रतिक्रिया