शरद रेग्मी / दाङ :आगामी मंसीर २७ र २८ गते हुने मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको २२ औंं राष्ट्रिय परिषद्को बैठकको तयारी दाङमा शूरु गरीएको छ ।
स्वयमसेवि संस्थाको रुपमा २०५३ सालमा स्थापना गरीएको शान्ति समाजले प्रत्येक बर्ष राष्ट्रिय परिषद् बैठक ( केन्द्रिय साधारण सभा) र दुई बर्षमा राष्ट्रिय परिषद् बैठक (महाअधिबेसन) गर्ने बैधानिक ब्यबस्था छ । सोही अनुसार यस पटकको राष्ट्रिय परिषद् बैठक दाङमा हुने भएको हो । दाङ शाखाको आतिथ्यमा हुने उक्त बैठकमा केन्द्रिय कार्यसमिति,केन्द्रिय सल्लाहकार कमिटि,जिल्ला शााखा सभापति, प्रतिनिधि तथा परिबेक्षक गरी करिव १ सय ५० बढी आउने छन् ।
त्यसअवसरमा चालु र आगामी कार्यक्रमका बारेमा ब्यापक छलफल गरी भावि कार्यक्रम र रणनीति समेत बनाईने छ । त्यसबाहेक दाङमा शान्ति पद यात्रा,शान्ति काब्य र (स्कुल भिजीट) मानव अधिकार,बाल अधिकार र दुब्र्यसनी बिरुद्धको अभियानका साथ बिद्यालय केन्द्रित कार्यक्रम समेत गरीने महासचिब सुशील बस्नेतले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न शान्ति समाज दाङ शाखाको बैठक आज शनिबार तुलसीपुरमा बसेको छ । बैठकले शाखा सभापति शरद रेग्मीको संयोजकत्वमा मुल तयारि समिति गठन गरीएको छ ।
त्यस्तै शाखा उपसभापति तुलसीराम सुनारको संयोजकत्वमा सुरेश हमाल,सुरेश श्रेष्ठ,बिनील केसी, कमल डाँगी, नविन पोख्रेल, तिलसरा पुन सदस्य रहनुभएको आर्थिक संकलन उपसमिति,शाखा सदस्य हेमेन्द्र खड्काको संयोजकत्वमा सन्दीपन रिजाल,निर्मल खड्का रहनुभएको आवास ब्यबस्थापन उपसमिति,शाखा सचिब निर्मला डाँगीको संयोजकत्वमा सल्लाहकार लिलाध्वज बस्नेत,सहसचिब उषा गौतम,सदस्य सम्झना डाँगी,सदस्य कमला चन्द रहनुभएको भोजन ब्यबस्थापन उपसमिति,कोषाध्यक्ष अमृतप्रसाद शर्माको संयोजकत्वमा शाखाका पूर्ब सभापति निर्मल नेपाली, सदस्य माधव बस्नेत,अरबिन्द चौधरी रहनुभएको मञ्च तथा स्वागतद्धार उपसमिति गठन गरीएको सचिब निर्मला डाँगीले जानकारी दिनुभयो ।
त्यस्तै शान्ति पद यात्रा,शान्ति काब्य प्रबाह, उपसमिति,बिद्यालय केन्द्रिय कार्यक्रम उपसमिति,स्मारिक तयारी उपसमिति लगायत तिहार लगतै गठन गरीने सचिब डाँगीले जानकारी दिनुभयो । शनिबारको बैठकमा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेत, पूर्ब केन्द्रिय उपसभापति मोहनप्रसाद धिताल,शाखाका संस्थापक सभापति डिल्लीराज धिताल,पूर्ब सभापति सुरेश श्रेष्ठ र सुरेश हमाल लगायतलाई आमन्त्रण गरीएको थियो ।