उपमेयर थापा एनपिस अवार्डका लागि मनोनीत ( भोट गर्ने तरिका )

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगर अन्तराष्टिय अवार्डका लागी मनोनीत भएकी छन् । उपमेयर थापा हरेक वर्ष युएनडिपिले प्रदान गर्ने एनपिस (N-PEACE) अवार्डका लागि मनोनित भएकी हुन् ।

उपमेयर हुनु अघि डेढ दशकसम्म पत्रकारितामा क्रियाशिल थापा लैंगिक समानता र सामाजिक न्यायका लागि आवाज उठाउदै आएकी थिइन भने विभिन्न सामाजिक संघ संस्था, समुहका माध्यमबाट युवा, महिला र पछाडि परेका समुदायका विषयमा पनि सामाजिक अभियान्ताका रुपमा क्रियाशिल थिइन ।


थापालाई एनपिस नेटवर्कले अनटोल्ड स्टोरी (UNTOLD STORIES) विधामा मनोनीत गरेको आफ्नो वेबसाईटमार्फत जानकारी दिएको छ ।
उपमेयर थापाले लामो समय सामाजिक मुद्दामा आफूले गरेको कामको योगदानको मूल्यांकन गरेर अवार्डका लागि मनोनीत गर्ने व्यक्तिलाई धन्यवाद दिएकी छन् , साथै उनले आफ्नो अमूल्य मत दिएर विजयी गराउन समेत आग्रह गरेकी छिन् ।

यूएनडीपीले शान्ति स्थापना र लैंगिक समानताका लागि काम गर्ने एसिया अन्तर्गत नेपाल, फिलिपिन्स, अफगानिस्तान, श्रीलंका, पाकिस्तान, म्यानमार र इन्डोनेसियाका अभियान्ता र संस्थालाई हरेक वर्ष एनपिस अवार्ड प्रदान गर्दै आईरहेको छ । यही नोवेम्बर ७ सम्म इमेल मार्फत मत दिन सकिनेछ ।


उमालाई यसरी भोट गर्न सकिनेछ ।

# सर्वप्रथम http://n-peace.net/nominee/uma-thapa-magar/ वेवसाईटमा जानुस ।
# उमा थापामगरको पेज खुलेपछि पेजको तल VOTE NOW मा क्लिक गर्ने ।
# खुलेको नयाँ पेजको तल or Sign Up here for voting मा क्लिक गर्ने ।
# आफ्नो नाम, इमेल, देश, लिंग, फोन, पासवर्ड भरेपछि I am not a robot को बक्समा क्लिक गर्ने । -note यहाँ कुनै तस्विरहरु देखियो भने जुन तस्विरको नाम लेखिएको छ ति तस्विरहरुमा क्लिक गरेर Verify मा जाने । सहि चिन्ह आयो भने Sign Up मा क्लिक गर्ने
# Thank you for signing up. We have sent an activation link भन्ने देखाउँछ । त्यसपछि

# आफ्नो इमेल चेक गर्ने N Peace को इमेल आएको छ भने खोलेर Click here to login मा क्लिक गर्ने । (नोट ः यदि इमेल आएको छैन भने पुन माथिको स्टेप पुरा गर्ने ।)

# नयाँ पेजमा your account is verified को अन्तमा Vote now मा क्लिक गर्ने
# individual awards 2019 को तल मा UNTOLD STORIES मा क्लिक गर्ने ।
# Untold sotries को तल Click here to vote मा जाने
# उमा थापामगरलाई खोजेर फोटोमा क्लिक गर्ने ।
# उमा थापामगरको पेजको तल vote now मा गएर क्लिक गरेपछि Thank you for voting भन्ने म्यासेज आएपछि मात्र vote हुन्छ ।


प्रतिक्रिया

प्रतिक्रिया