‘तिहार विकृति रहित बनाऔं’

नेपालगन्ज – चाडपर्वका समयमा हुन सक्ने विकृतिलाई रोक्ने उद्देश्यले ‘विकृति रहित तिहार’ विषयक अन्तरसंवाद कार्यक्रम बिहिवार नेपालगन्जमा आयोजना गरिएको छ । युएनडिपीको सहयोगमा बासद्वारा संचालित दिगो बिकास तथा सामाजिक सद्भावका लागि नागरिक साझेदारी परियोजना अन्तर्गत सद्भाव प्रवद्र्धनका लागि उक्त अन्तरसम्बाद गरिएको हो ।

सामाजिक सदभाव प्रवद्र्धनमा साँस्कृतिक पक्षको महत्वपूर्ण भूमिका रहने र समाजका सबै सदस्यरुले आफ्नो मौलिक परम्परा तथा संस्कारको प्रयोग गर्दा सामाजिक मर्यादालाई विर्सिन नहुने कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले चाडपर्वको बेला हुने त्यस्ता अवाञ्छित गतिविधि न्यूनिकरण गर्न सराकार र प्रहरीलाई दोष दिनु भन्दा पनि सर्वप्रथम आफू सजक रहन जरुरी रहेको बताए । सर्व प्रथम परिवार र समाज ब्यक्तिलाई सत्मार्गमा लगाउने संस्था भएकाले सुरुवाती अवस्थामा नै ब्यक्तिमा असर चरित्रको वीउ राप्न बानी बसाए अनपेक्षित क्रियाकलापबाट मुक्ति मिल्ने बताए ।

जिल्ला युवा क्लव सञ्जालका राजन वर्माले तिहारमा भैलौ खेल्दा निश्चित मापदण्ड बनाएर खेल्नु पर्ने सुझाव पेश गरे । यसैगरि गैर सरकारी संस्था महासंघ बाँके सदस्य लोक बहादुर परियारले चाडपर्वका बेला सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी चाडपर्वलाई मर्यादित बनाउन सुरक्षा निकायको मात्रै भर नपरि सार्वजनिक दायित्वको रुपमा बुझे आइपर्ने समस्याहरुबाट बच्न सकिने बताए ।

कार्यक्रममा सामाजिक सद्भाव महिला समितीकी सदस्य अस्मिता शाह, शिक्षक समितिका सदस्य पवन गौतम, सभ्य समाजका अध्यक्ष सूर्यलाल यादव, फातिमा फाउन्डेशनकी आमना खातुन, सामाजिक सदभाव समिती नरैनापुर ५ का सदस्य मकबुल अहमद मुकरी, लगायतले आफ्नो विचार ब्यक्त गरेका थिए ।


बासका कार्यक्रम संयोजक शम्भु शाहीले सहजीकरण गरेको कार्यक्रममा बासका महासचिव शिव वर्माले स्वागत तथा बासका कार्यकारी निर्देशक नमस्कार शाहले परियोजनाको गतिविधि उपलब्धि जानकारी गराउदै उद्देश्यबारे प्रकाश पारेका थिए । बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले कार्यक्रम समापन गरे ।

प्रतिक्रिया

प्रतिक्रिया