बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बर्दिया – प्लान ईन्टरनेशलन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) बाँके साझेदारीमा संचालित बालीका तथा युवा शसक्तिकरण परियोजना अन्तर्गत बर्दिया जिल्लाको राजापुर नगरपालीका र बारबर्दिया नगरपालीकामा विभिन्न क्रियाकलपाहरु सम्पन्न भएको छ ।


प्रगती किशोरी समुहको आयोजना तथा राजापुर नगरपालीका वडा नं ६ को समन्वयमा बुधबार राजापुर गाउँपालीकाको वडा नं ६ को कार्यालयमा वालविवाह न्युनीकरणमा किशोरी युवाहरुको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा प्रतिभा चौधरी–प्रथम, कविता चौधरी–द्धितिय र नीर्मला चौधरी–तृतिय भएका थिए । साथै बिन्दु चौधरी, नितिष चौधरी र सन्देश चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगीतामा विजयीहरुलाई कपी, डटपेन र क्यालकुलेटर प्रदान गरिएको थियो ।


प्रगती किशोरी समुह की अध्यक्ष शिवा चौधरी को अध्यक्षतामा आयोजना गरीएको कार्यक्रममा वडा नं ६ का कार्यवाहक अध्यक्ष ठाकुर कुमार चौधरी, महिला संजाल की अध्यक्ष तारा कुमारी चौधरी, अपांगता संजालकी संयोजक शुसीला स्वार र वडा सदस्य अमर बहादुर थारुले बालविावाह न्युनीकरणको सवालमा आफ्ना मन्तव्य राखेका थिए ।
यसैगरी बारबर्दिया नगरपालीकाको वडा नं ५ जब्दहवामा बालविवाह न्युनिकरण सम्बन्धि गीत प्रतियोगीता सम्पन्न भएको छ । श्री संघर्षशिल किशोरी क्बलको आयोजना तथा बारबर्दिया नगरपालीका वडा नं ५ को समन्वयमा सम्पन्न भएको गीत प्रतियोगीतामा चाहना डि.सी. र मेनुका थारुको समुह प्रथम, सुमिता थारु र एन्जिला थारुको समुह द्धितिय, र अनुपा थारु र रेनुका थारुको समुह तृतिय भएको थियो ।


विजेता समुहहरुलाई पुरस्कार स्वरुप डायरी, कलम, ज्यामित बक्स र कलर पेन्सिल प्रदान गरीएको थियो । कार्यक्रममा संघर्षशिल किशोरी क्लबका अध्यक्ष सुस्मिता थारु, कार्यक्रमका प्रमुख अथिती वडा नं ५ का वडाध्यक्ष मनिराम थारु, वडघर पतिराम थारु शिक्षक तथा बुद्धिजिवी विनोद पौडेल र वडा सदस्य कल्पना थारुले मन्तव्य राख्नु भएको थियो । गित प्रतियोगीता पश्चात आयोजक संस्था श्री संघर्षशिल किशोरी क्बलले बालविवाह रोकथाम तथा न्युनिकरण सम्बन्धि सडक नाटक समेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया