खजुरा – नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेर राणाले प्रदेश पाँचको राजधानी नेपालगन्ज वा दाङ नभए कर्णालीमा जानुको विकल्प नरहेको पुनः एकपटक उद्घोषण गरेका छन् ।
राणाले ‘समृद्ध खजुरा, हाम्रो चाहाना’ भन्ने मुल नाराका साथ बाँकेको खजुरा गाउँपालिकामा मंगलबार “बृहत खजुरा सम्मेलन” को उद्घाटन कार्यक्रममा उक्त कुरा व्यक्त गरेका हुन् । जसको उद्घाटन प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले गरेका छन् ।
मेयर राणाले लामो समय अगाडी देखि प्रदेश पाँचको राजधानी नेपालगन्ज वा दाङ सम्म भएपनि नेपालगन्ज बासी लाई सहज हुने वकालत गर्दै दाङ पनि राजधानी नभए कर्णाली जाने सम्मको विकल्पको बारेमा बोल्दै आएका छन् ।