नेपालगन्ज – भारतको उत्तरप्रदेश बहराइचमा आज सोमबार विधानसभाको उपनिर्वाचन सकिए संगै शनिबार साँझदेखि नेपाल–भारत सिमानाको रुपैडिया लगायत बाँके– बर्दियाको सिमानाका बन्द गरिएको सिमानाका खुलेको छ ।
आज मतदान सकिएपछि साँझ ६ बजेबाट नाका खुल्ला भएको प्रहरीले जनाएको छ । निर्वाचनमा कुनै सुरक्षा चुनौती हुन नदिन नेपाल– भारतका सुरक्षाफौजले सिमा क्षेत्रमा संयुक्त गस्ती बढाएका थिए ।