नेपालगन्ज – लैगिक हिंसा न्यूनिकरण र पीडितको न्यायमा पहुँच अभिबृद्धिका लागि बाँकेको बैजनाथ गाउँपालिका नेउलापुरमा सरोकारवालाको लागि एक दिने अभिमूखिकरण कार्यक्रम गरिएको छ ।
मानव अधिकार गृह (माहुरी होम)को आयोजनामा भएको अभिमूखिकरण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, न्यायिक समितिका पदाधिकारी, प्रहरी, बिद्यालयका शिक्षक, महिला संजाल र युवा संजालमा आवद्ध पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता वसन्त गौतमले लैंगिक हिंसा रोकथाम सम्बन्धी कानूनी ब्यवस्था र न्यायमा पहुँच अभिबृद्धिका लागि सरोकारवालाले खेल्नु पर्ने भूमिकाका बिषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बैजनाथ गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मी बिकले लैंगिक हिंसा कानूनी अपराध भएकाले यसको रोकथाम र पीडितको न्यायको लागि सबै लाग्नु पर्ने जोड दिइन् ।
वडा नं ३ का वडा अध्यक्ष रामचरन थारुले तालिममा सिकेका कुरा पालना गर्नु पर्नेमा जोड दिदै हिंसा अन्त्यको सुरुवात आफैबाट गर्नु पर्नेमा जोड दिइन् ।
कार्यक्रमका सहभागीहरुले गाउँमा अहिले पनि बिभिन्न बहानामा महिलाहरु हिंसामा पर्ने गरेको र न्याय पाउनमा चुनौती रहेको बताएका थिए ।
लैंगिक हिंसा रोकथाम र पीडितको न्यायमा पहुँच अभिबृद्धिमा मद्दत पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको मधेस मानव अधिकार गृह माहुरी होमकी सामाजिक परिचालक लक्ष्मी सुनारले बताइन् ।