नेपाल औषधी व्यवसायी संघमा शर्माको नेतृत्व

नेपालगन्ज
नेपाल औषधी व्यवसायी संघ बाँकेको अध्यक्षमा बसन्त कुमार शर्मा निर्वाचित भएका छन् । शनिबार भएको संघको आगामी नेतृत्वको निर्वाचनमा ३ सय बढी व्यवसायीहरुको नेतृत्व गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।


निर्वाचन अधिकृत लोक बहादुर शाहका अनुसार, उपाध्यक्षमा पवन कुमार बनिया विजयी भए । अध्यक्ष शर्मा सँगै महासचिवमा जीवन शर्मा, सचिवमा प्रदिप शाह, कोषाध्यक्ष लेखनाथ बगाले र उपकोषाध्यक्ष पूर्णदेव गिरी निर्विरोध निर्वाचित भएका थिए । तर, उपाध्यक्ष बनियाले रविन्द्र हमाललाई ३६ का विरुद्ध १ सय २ मत प्राप्त गरी विजयी भएका हुन् ।


सदस्यहरुमा सन्तोष घर्ती, सन्तोष सिंह, उज्जर राम घर्ती निर्वाचित भएका छन् । त्यस्तै, प्रतिनिधिमा मान बहादुर रावत, विजेन्द्र सिंह ठकुरी, सन्तोषबाबु सुवेदी विजयी भएका छन् । ३ सय ३६ सदस्य रहेको संघको बाँके शाखामा २ सय २६ जनाले नविकरण गरेकाले उनीहरुमात्रै महाधिवेशनमा सहभागी भएको नवनिर्वाचित महासचिव जीवन शर्माले जानकारी दिए । निर्वाचितहरुलाई निर्वाचन अधिकृत शाहले शनिबार नै निर्वाचितको प्रमाणपत्र वितरण गरेका थिए ।
त्यसअघि संघका अध्यक्ष अभय बस्नेतको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम बीच जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले अधिवेशन उद्घाटन गरेका थिए । कार्यक्रम बीच स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका सेम शाक्य लगायतलाई संघले सम्मान पनि गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया