जिकेएफसीको मेन्युमा चिकेन पारखीको आकर्षण

नेपालगन्ज – जिकेएफसीले पस्किएको ‘नयाँ स्वादसहितको मेन्यु’ मा चिकेन पारखीहरुको आकर्षण देखिएको छ । नेपालगन्जलाई नयाँ स्वाद दिन विश्वब्यापी रुपमा चर्चित रहेको केएफसीको प्रविधिसँग मिलेर उस्तै रेसिपीलाई पच्छ्याएको जिकेएफसीमा पारखीको आकर्षण देखिएको हो ।


‘यो आकर्षणले उत्साह थपेको छ,’ जिकेएफसीमा गुड फ्राइडेको भिडले उत्साहित होटेल दि ग्यालेक्सीका प्रवन्ध निर्देशक प्रशान्त लामिछानेले भने, ‘फ्राइड चिकेन पारखीहरुको लागि नेपालगन्जमा नयाँ स्वाद दिन जिकेएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।’
‘नेपालगन्जका पारखीलाई सहुलियतमैं अन्तर्राष्ट्रियस्तरको केएफसी ब्रान्डका विशेष परिकार नयाँ स्वाद दिनलाई जिकेएफसीले गरेको प्रयास सफल देखिएको छ,’ होटेल ग्यालेक्सीका प्रवन्ध निर्देशक प्रशान्त लामिछाने भने, ‘जिकेएफसीले नेपालगन्जमा लन्च गरेको फ्राइड चिकेनमा हलाल सर्टिफाइड पनि भएकाले होला मुस्लिम समुदायको आकर्षण पनि उत्तिकै छ ।’


नेपालगन्जको लागि पुर्णतया नयाँ स्वादका रुपमा ग्रील्ड चिकेन, ग्रील्ड विङ्स, कृस्पी चिकेन स्ट्रीप्स, हट एन्ड कृस्पी चिकेन सहितका चिकेन परिकार जिकेएफसीले पस्किएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया