बैंकमा सेवाग्राहीको भीड हुँदा हुने ठेलमठेल व्यवस्थित गर्न नेपाल बैंक लिमिटेडले टोकन सिष्टम लागु गरेको छ ।
यस बैंकले पछिल्लो समयमा सेवाग्राहीलाई मध्यनजर गरेर टोकन प्रणाली लागु भए देखि निकै सहज भएको बैंककी नियमित सेवाग्राही विमला शाहीले दैनिक नेपालगन्जलाई बताईन् ।
बैंकले गत महिना देखि मालपोत, भुमिसुधार लगायतका कार्यालयको राजश्व जम्मा गर्ने गरेको समेत उप प्रबन्धक श्रीवास्तवले बताए । हाल ७५ वटा नयाँ लकर समेत थप गरी २४२ पुगेको उनले जानकारी दिए ।

