प्रहरी विटका लागि भौतिक सामाग्री सहयोग

नेपालगन्ज – कोहलपुर नगरपालिकाले कोहलपुर–६ रझेनामा अस्थायी रुपमा राखिएको प्रहरी बिटका लागि भौतिक सामाग्रीहरु सहयोग गरेको छ । नगर उपप्रमुख सञ्जु कुमारी चौधरीले प्रहरी बिटका लागि साइकल, प्लाष्टिक कुर्सी, स्टेण्ड पंखा, दराज, टेबुल, रजिष्टर, साइनबोर्ड, मोबाइल सेट बिहीबार एक कार्यक्रम बीच हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले प्रहरी बिट स्थापनाले शान्ति सुरक्षा चुस्त बनाउन मद्दत पुग्ने धारणा राखेका थिए । उनले लागुऔषध विकृति बढ्दै गएकाले नियन्त्रणका लागि प्रभावकारी ढंगबाट प्रहरी सक्रिय हुने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया