यातायात व्यवस्थापनमा उपमहानगरपालिकाको चासो

तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाले यातायात व्यवस्थापनमा विशेष चासो दिएको छ । ग्रामीण भेगमा मनोमानी रुपमा भाडा वढाएको र गाडिको क्षमता भन्दा वढि यात्रु वोकेको लगाएतका गुनासो आएपछि उपमहानगरपालिकाले यस क्षेत्रका सबै यातायात व्यवसायीसँग छलफल गरेको हो ।

यातायातकर्मीहरुले नगरको पहिचान दिने भएकाले उनीहरुको बोली र व्यवहार यात्रुमैत्री हुनुपर्ने कुरामा नगरप्रमुख घनश्याम पाण्डेले जोड दिए । उनले यातायात व्यवसायीहरुका विचमा अस्वस्थ प्रतिष्पर्धा रहेको कुरामा जोड दिए । ‘यात्रुलाई सडकमा तानातान गर्ने व्यवहार परिवर्तन हुनुपर्यो,’ नगरप्रमुख पाण्डेको भनाइ थियो । उनले मनलाग्दो तरिकाले भाडा लिने गरेको गुनासो आएको भन्दै त्यसलाई सच्याउनका लागि अनुरोध समेत गरेका थिए । ‘वैज्ञानिक भाडा व्यवस्थापन गर्ने हो भने सहमतिमा गरौ तर मनलाग्दो तरिकाले भाडा निर्धारण गर्न पाइदैन,’ नगरप्रमुख पाण्डेले भने ।

तुलसीपुर उपमहानगरले साँझेदारीमा नगरवस सञ्चालन गर्न लागेको वताउँदै यातायात व्यवसायीहरुलाई समन्वय गर्नका लागि आग्रह समेत गरे । ‘हामी नगरवस सञ्चालनमा लागिरहेका छौ सबैले सहयोग गर्नुहोस्,’ उनले भने । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर तुलसीपुरले घुम्न जाउँ तुलसीपुर अभियान सञ्चालन गर्न लागेको वताउँदै यातायात व्यवसायीहरुलाई सहयोग गर्न आग्रह समेत गरे ।

त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले लामो समयदेखि भाडा समायोजन हुन नसकेको भन्दै तत्काल भाडा समायोजनमा ध्यान दिन आग्रह समेत गरे । यातायात क्षेत्रमा केही कमजोरी रहेको स्वीकार्दै त्यसलाई सुधार्नका लागि आफु तयार रहेको वताए । उनले ग्रामिण भेगमा भाडाको अवस्था वुझेर सच्याउने समेत वताए । कार्यक्रममा वोल्ने यातायात व्यवसायीहरुले यातायात क्षेत्रमा रहेको जोखिम न्यूनिकरणका लागि सरकारले सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया