‘स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्छ’
नेपालगन्ज – वैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरुसंग सुरक्षित बैदेशिक रोजगार विषयक अन्तरक्रिया गरिएको छ । कार्यक्रममा एकाउन्टविलिटी ल्यावका सुरेश चन्दले बैदेशिक रोजगारबाट फर्केका ब्यक्तिहरु संगठित भइ नजिकको स्थानीय सरकारबाट सहयोग लिनुपर्ने बताए । स्वदेशमै थुप्रै सम्भावना भएको बताउँदै स्थानीय सरकारसंग समन्वय गरि समुहको माध्यामबाट काम गर्न सकिने र बिदेशमा सिकेको सिपको उपयोग हुने चन्दको भनाइ थियो ।
कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वदेशमै केही गर्न चाहानेहरुका लागि बिभिन्न निकायहरु भएको बताउँदै ति निकायहरुबाट फाइदा लिन सक्नुपर्ने बताए । आफ्नो रुची तथा चाहना अनुसारको ब्यवसाय संचालन गर्नका लागि योजना बनाइ सम्बन्धित निकायसम्म पुग्नुपर्ने बताउँदै शाहले स्वदेशमै सम्भावना खोज्न सबैलाई अनुरोध गरेका थिए ।
कार्यक्रमका सहभागीहरुले नेपालमा जति पढेको भएपनि कामको खोजिमा बिदेशीनु पर्ने बाध्यता रहेका बताएका थिए । कार्यक्रमका सहभागी टिकाराम चपाइले नेपाली युवाहरु कक्षा १० सम्म राम्रो नम्बर ल्याएर पास भएपनि बैदेशिक रोजगारमा जानलाई बिदेशी भाषा सिक्नुपर्ने बाध्यता भएको बताए । सामान्य कामका लागि पनि सिप सिक्न बिदेश जानुपर्ने अवस्था कायम रहेको बताउँदै स्वदेशमै काम गर्ने वातावरणको सिर्जना हुर्नेमा चपाइले जोड दिएका थिए ।
एकाउन्टविलिटी ल्याव र बास नेपालगन्जद्वारा सञ्चालित स्थानीय नीति निर्माणमा बैदेशिक रोजगार कार्यक्रम अन्र्तगत बिभिन्न ठाउँमा गठन भएका बैदेशिक रोजगारबाट फर्किएका ब्यक्तिहरुको समुहका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा खजुरा, डुडुवा र नेपालगन्जका विभिन्न वडाका ८ वटा समूहबाट सहभागी थिए । एकाउन्टविलिटी ल्याव र बास नेपालगन्जद्वारा सञ्चालित स्थानीय नीति निर्माणमा बैदेशिक रोजगार कार्यक्रम अन्तरक्रिया गरिएको हो ।