नेपालगन्ज – जन्मदिन, वैवाहिक दिन र कुनै पनि प्रकारको पारिवारिक खुशीलाई समाजसंग साटन तथा रचनात्मक र सिर्जनात्मक बनाउन सकिन्छ भन्ने उदाहरण एन.एम.बी. बैंक नेपालगन्जका शाखा प्रबन्धक विनय गौतमले प्रस्तुत गर्नु भएको छ ।
बैंकका शाखा प्रबन्धक गौतमले आप्mनो छोरा देवांश गौतमको पहिलो जन्मदिन नीलसागर आश्रमका स—साना बालबालिकासंग मनाउनु भएको छ । आज आश्रममा आयोजित कार्यक्रममा त्यहाका बालबालिकासंग रमाउदै गौतमका परिवारले देवांशको जन्मदिन मनाएका थिए ।
कार्यक्रममा बैंकका शाखा प्रबन्धक गौतमले मानिस जम्मा गरेर भोजभतेर गरेर फिजुल खर्च गर्नुभन्दा रचनात्मक उद्देश्यमा लाग्नु नै उपयुक्त हुने धारणा राख्नु भयो भने उहाँकी धर्मपत्नी फेशन डिजाइनर अस्मिता शर्मा गौतमले आश्रमका बालबालिका आफुलाई आफ्नो सन्तान झै लाग्ने भावना प्रकट गर्नु भएको थियो ।
त्यस अवसरमा आश्रमकी अध्यक्ष सरिता खनाललाई शाखा प्रमुख गौतमले चामल, तेल, चिनी, चिया, नून लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा शाखा प्रबन्धक गौतमका हजुरआमा सुशीला गौतम, बुवा बरिष्ठ पत्रकार नीरज गौतम र आमा देबकी गौतमको पनि उपस्थिति रहेको थियो ।