नेपालगन्ज – साइक्लिष्ट गगन थापाले नेपालगन्ज -रारा- नेपालगन्जको साइकल यात्रा पाँच दिनमा पूरा गरेका छन् ।
४९१ किलोमिटरको साइकल यात्रामा मुगुको रारा देखि नेपालगन्जको यात्रा पाँच दिनमा पूरा भएको हो । बडो साहसीक र मनोरञ्जनात्मक यात्रा पाँच दिनमा सहजै पूरा भएको छ ।बडा दसैं पर्व बिच प्रसिद्ध पर्यटकीय स्थल रारा पुगेर साइकलमा नेपालगन्जमा फर्किएको नेपालगन्ज साइक्लिङ्ग क्लबका सचीव गगन थाले नेपालगन्जन्युज संग बताए ।
साइक्लिष्ट गगन थापा नेपालगन्ज देखि सुर्खेत हुँदै गम्गडिदेखी रारा ताल, रारातालको परिक्रमा, गरि मुगुको गुच्ची लेक, जुम्लाको सिजा क्षेत्र, नाग्मा बजार, जुम्ला बजार कालिकोटको मान्मा बजार, दैलेखको तल्लो दुङेस्वर, सुर्खेतको बिरेन्द्रनगर, हुँदै नेपालगन्ज फर्किएका हुन् ।
देश घुमौ देश चिनौ भन्ने नारा सहित नेपाल भ्रमण वर्ष २०२० सफल पार्न, र साहशिक साइकल यात्राको प्रचार प्रसार गर्ने उद्ध्यस्यले यात्रा गरिएको हो, ५ दिनमा यात्रा सम्पन्न गरियको हो, यात्रा पूरा गरेकोमा नेपालगन्ज साइक्लिङ्ग क्ल्वले बधाई कार्यक्रम राखेको थियो, क्लवका उपाध्यक्ष लवराज श्रेष्ठलेले माला र अबिर लगाइ बधाई दिनु भएको थियो ।