बाँके- अपाङ्गता भएका वालवालीकालाइ शिक्षामा पहुच पु¥याउनका लागि लेखाजोखा केन्द्र स्थापना गरि सामान हस्तानतरण गरिएको छ । डेक नेपाल बाँकेले मगंलवार बैजनाथ गाउपालिकामा लेखाजोखा केन्द्र स्थापना गरि सामान हस्तान्तरण गरेको हो ।
केन्द्र स्थापना गरि सामान वुझदै पालिका अध्यक्ष मानबहादुर रुचालले लेखाजोखा केन्द्र नियमितता भएमा सार्थकता हुने भन्दै सामानहरुको सदुपयोग गरिने बताए । कार्यपालिकाले केन्द्रका लागि आगामी दिनमा योजना बनाउने, बजेट विनियोजन गरेर निरन्तरता दिने प्रतिवद्धता जनाए । आगामी दिनमा लेखाजोखा केन्द्रलाइ अझै प्रभावकारी बनाउन छुट्टै कर्मचारिको व्यवस्था गर्न सकिने जानकारी दिए ।
वैजनाथ गाउपालिका वडा नं. ५ का अध्यक्ष मन बहादुर खत्रीले लेखाजोखा केन्द्रले अपाङ्गता भएका वालवालीकाहरुलाइ प्राथमिकता दिनु पर्ने बताए । स्थानीय तहले अपाङ्गता भएका व्यक्तीहरुलाइ विशेष प्राथमिकता दिने पनि उनले बताए । पालिकाका सुचना अधिकृत तप्त राज आचार्यले लेखाजोखा केन्द्र अन्तरगत पालिकालाइ हस्तान्तरण गरिएको सामाग्रीहरुको उचित प्रयोग गरिने जनाए । शिक्षा शाखा अधिकृत विश्वराज ढकालले लेखाजोखा केन्द्रलाइ तत्कालको लागि पालिकाका कर्मचारी परिचालन भइ कार्यन्वयन गर्ने जनाए ।
उनले उचित रेखदेख गरि लेखाजोखा केन्द्रलाइ अपाङ्गमैत्री बनाउने जनाए । सामाग्री हस्तान्तरण गदैै डेक नेपालका कार्यक्रम प्रबन्धक जिवन गिरिले अपांगता बालबालिकाको तथ्यांक संकलन, उनीहरुलाई शिक्षा प्रदान गर्ने सवालमा लेखाजोखा केन्द्र प्रभावकारी हुने जानकारी दिए । यस अघि कोहलपुर र खजुरामा पनि किशोरी शशक्तीकरणका लागि शिक्षा कार्यक्रम अन्तरगत लेखाजोखा केन्द्र स्थापना गरि सामाग्री हस्तान्तरण गरि सकेको जानकारी दिए । सोही कार्यक्रमका बीच संस्थाले लेखाजोखा केन्द्र सञ्चालनका लागि २ लाख ७० हजार मुल्य बराबरको उपकरण तथा फर्निचर हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको सामाग्रीहरुमा कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, युपिएस, मल्टीप्लक, स्टेशनरी, टेबल, कुर्सी, दराज लगायतका सामाग्रिहरु रहेका छन् ।