बर्दियामा रगत जुटाउन जुटे युवा

जुटदीपकलाल श्रेष्ठ /बर्दिया –  बर्दियामा रगतको अभाव हुन नदिन गुलरियाका युवा एक जुट भएका छन। शुक्रबार एक कार्यक्रमका बिच जिल्ला कुनै पनि समयमा भै परि आउने बिरामीका लागि चाहिने रगतको अभाव हुन नदिनका लागि बर्दियाका युवाहरुले सदैव तयार रहने प्रतिवद्धता युथ ब्लड डोनर्स गुलरिया बर्दिया द्वारा आयोजित कार्यक्रममा युवाहरुले गरेका छन। 

बर्दिया गुलरिया नगरपालिका बडा नं ११ का जावेद गद्दी आफू काठमाडौं भएको समयमा रगतको एकदमै खाचो भइरहेको समयमा कहिबाट पनि सहयोग नआएपछि काठमाडौ मै रहेको एक युवाहरुको एक युवा ब्लड ग्रुपले रगत दान गरेकोले आफु संगै गएमा बिरामीको उपचार गराइ ज्यान बचाउन सफल भएका थिए। काठमाडौंका युवाहरु को ब्लड डोनर्स ग्रुपबाट प्रेरित भएर आफुले पनि आफ्नै जिल्ला पनि आफू जस्तै रगतको अभाव भएका ‌हरुका सहयोगका लागि केहि गर्ने सोचका साथ जिल्लाका युवाहरुलाई एकिकृत गरि युथ ब्लड डोनर्स समुह गठन गरिएको जानकारी डोनर्सका एक सदस्य जावेद गद्दीले बताए। हामी बर्दियामा अब कुनै पनि किसिमका बिरामीलाई रगत अभाव हुन नदिन बिरामीलाई चाहिने रगत हामी नि-शुल्क उपलब्ध गराउने जावेदले बताए ।

तस्विरः- जावेद गद्दी

रगत अभाव भएर कसैको ज्यान जान नपरोस यहि हाम्रो एक उद्देश्य रहेको समेत जावेदले बताए। युवाहरू एक जुट भएर जिल्लामा नै रगत अभाव हुन नदिनका लागि जुन किसिमको कार्यको थालनि गरेका छन यो उदाहरणीय काम गरेको गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए।हाल करिब एक सय जना जति युवा यस समुहमा आवद्ध रहेको र यो समुहले कुनै पनि समयमा रगतको अभाव हुन नदिनका लागि युथ व्लड डोनर्स ग्रुप फेसबुक पेस समेत  निर्माण गरेको छ जहाबाट कसैले पनि रगत चाहिएको खण्डमा हामी संग सिधा सम्पर्क गर्न सकिने समेत समुहका रामु गुप्ताले बताए।

रगतको अभाव भएर कोहि भौतारिन नपरोस, रगतको अभावका कसैको ज्यान जान नपरोस यहि सोचका साथ हामी सबै युवा एकबद्ध भएर लागेको गुप्ताले भने। सामाजिक कार्य हेतु युवाहरु सहयोगको भावना लिएर एक जुट हुनु एकदमै प्रशंसनिय कार्य भएको नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सचिव शम्भु रिजालले बताए। रगतको अभाव हुन नदिन युवाहरुको यो कार्य अतुलनिय रहेको र यी युवाले गरेका कार्य अन्य युवाहरुका लागि एक उदाहरण समेत रहेको रिजालले भने। हाम्रो समुहले कार्यको सुरुवात संगै बर्दिया जिल्ला अस्पतालमा रगतको अभाव भएको खण्डमा रगतका लागि बाँकेको नेपालगन्ज या कोहलपुर धाउनु नपर्ने र हामी युवाहरुको समुहले गरेको थालनि संगै जिल्ला मै रगत प्राप्त हुने नदिने समेत समुहका अध्यक्ष अकमल हुसेनले बताए।

प्रतिक्रिया

प्रतिक्रिया