रामलीलाको औपचारिक समापन ,इस्तियाक राइले गरे राज्याभिषेक

नेपालगञ्ज, असोज २३ गते– नेपालगञ्जमा घटस्थापनासंगै सञ्चालित रामलीला श्री रामको शुभराज्याभिषेक गर्दै समापन गरिएको छ । रामलीला संचालक समिती नेपालगञ्जको आयोजनामा असोज १२ गदेखि नेपालगञ्ज–१३ रामलीला मैदानमा जारी रामलीला बुधबार राती औपचारिक रुपमा समापन गरिएको हो ।

१५२ औं श्रंखलाका रुपमा आयोजित रामलीला महोत्सवको शहरी विकास मन्त्री मो इस्तियाक राईले श्री राम(कलाकार)लाई तिलक लगाएर राज्याभिषेक गराउनु भएको हो । मर्यादा पुरुष रामको समग्र लीला प्रस्तुतीले धार्मीक, सास्कृतिक सन्देश मात्र नभई एकता र भातृत्व समेत प्रकट गरेको बताउनु भयो । धार्मिक सहिष्णुताको उदाहरणका रुपमा नेपालगञ्ज रहेको दावी गर्दै उहाँले धर्मका नाममा राजनिती गर्ने दिन अब समाप्त भएको समेत जीकीर गर्नु भयो ।

रामलीलाको निरन्तरता र प्रभावकारिताका लागि सांसद बिकास कोषको रकमबाट रामलिला ब्यबस्थापन समितिलाई २५ लाख रुपैयाँ सहयोग गरेको र थप सहयोग गर्ने समेत उहाँले उदघोष गर्नु भयो । धार्मिक सम्पदाको संरक्षण र सम्वद्र्धनको लागी १ करोड रुपैयाँ शहरी विकास मन्त्रालयबाट छुट्याउने समेत राइले घोषणा गर्नु भयो । सो कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, संचालक समितीका कार्यबाहक अध्यक्ष सन्तोष कानोडिया, महामन्त्री जगदिश वैश्य लगायतले रामलिला बारे प्रकाश पर्नु भयो । रामलीला सञ्चालनमा योगदान गर्ने विशिष्ठ व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया