घाइते गाईको नेपालगञ्ज उपमहानगरपालिकाको टोलीद्वारा उद्धार

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका पिपिरीमा सडक दुर्घटनामा गम्भिर घाइते भई दुईसातादेखि छटपटाईरहेको गाईको बिहिवार नेपालगञ्ज उपमहानगरपालिकाको टोलीले उद्धार गरेको छ ।

 नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको निर्देशनमा नगर प्रहरी निरिक्षक सुर्य बोगटी, प्रहरी सहायक निरीक्षक विकास गौतम, पशु स्वास्थ्य शाखा प्रमुख लक्ष्मी शाही  सहितको टोलीले गम्भिर घाइते पशुलाई उद्धार गरि भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जमा उपचारका लागि पु¥याएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख शाहीले  केन्द्रसँगको सहकार्यमा घाइते गाईको उपचार सुरु गरिएको जानकारी दिनुभयो । दुईसाताअघि स्कुटरले ठक्कर दिएपछि गम्भिर घाइते अवस्थामा रहेको गाई हिडडुल गर्न नसक्ने अवस्थामा सडक किनारमा थियो ।

 नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले घाइते गाई देखेपछि दशैंको विदापछि कार्यालय खुलेको पहिलो दिनमा घाइते गाईलाई उद्धार गरि उपचारका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो ।  घाइते गाईसँगै रहेको बाच्छालाई पनि उपमहानगपालिकाको टोलीले उद्धार गरि ल्याइएको छ । गाईको उपचारसँगै आहारको पनि ब्यवस्थापन गरिएको पशु स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया