नेपालगन्ज – जिल्लामा ट्राफिक नियम लागू गर्न ट्राफिक प्रहरी एक्सनमा उत्रिएको छ । सो अन्तरगत ट्राफिक प्रहरीले स्पष्ट रुपमा नबुझिने नम्बर प्लेट र अस्थाई नम्बर प्लेट नराख्ने मोटरसाइकल , स्कुटर , प्राइभेट कारलाई सडगमै नम्बर प्लेट लेख्ने कार्य अगाडी बढाएको हो ।
बिहीवार नेपालगन्जको बिपि चोकमा ठूलो संख्यामा नम्बर प्लेट नबुझिने र अस्थाई नम्बर प्लेट नराखेका मोटरसाइकल , स्कुटर लगायतका सवारीसाधनलाई रोकाएर नम्बर प्लेट पोत्ने कार्य गरेको छ ।
विभिन्न समयमा सुचना जारी गर्दा र सचेत गराउदा पनि गर्दा समेत अटेर गरेपछि सडग छेउमै रोकेर नम्बर प्लेट पोत्ने कार्य गर्नुपरेको ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका प्रमुख हिमराज ओलीले बताएका छन् ।
बिहीवार मात्रै नेपालगन्ज बिपि चोकबाट २ प्राइभेट कार , एक ट्याक्टर , एक एम्बुलेन्स र मोटरसाइकल तथा स्कुटी गरि जम्मा ८९ सवारीसाधनको रोकेरै नम्बर प्लेट पोतिएको ओलिले बताए ।
ट्राफिक नियम तथा जनचेतनाका कार्यमा सक्रिय रहेको ट्राफिक प्रहरिले ट्राफिक नियम पालनाको लागि यस्ता कार्यलाई निरन्तरता दिइने बताएको छ ।