दाङ – दशैकोब पूजापछि दुर्गाको मूर्ती राप्ती नदीमा विर्सजन गरेर फर्कने क्रममा दाङमा भएको ट्रयाक्टर दुर्घटनामा १० जना घाइते भएका छन्।
दाङको गढवा गाउँपालिका वडा नं. ५ बोधिपुरस्थित लमही–गढवा सडक खण्डमा रा१त ३२११ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएका हुन्।
गढवा गाउँपालिका वडा नं. ६ निवासी ५५ वर्षीया अनारकली यादव, ३५ वर्षीया टिकाराम यादव, १४ वर्षीया युवराज यादव, २५ वर्षीय राकेश यादव गम्भीर घाइते छन्। उनीहरूलाई लमहीमा प्रारम्भिक उपचारपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।
मंगलबार बेलुका ८ बजेतिर भएको उक्त दुर्घटनाका अन्य घाइतेमा गढवा गाउँपालिका वडा नं. ६ निवासी ८ वर्षीया अनुसा यादव, ११ वर्षीय प्रमेश यादव, १८ वर्षीय रविन्द्रकुमार यादव, ७ वर्षीय जपसन यादव, १५ वर्षीय महेश यादव र ११ वर्षीया अप्सन यादव छन्। घाइतेमध्य अनुसा, प्रमेश र अप्सनाको अवस्था मध्यम खालको रहेको तथा अन्यको अवस्था सामान्ने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।