भावुक योगी, बर्दिया :
प्रदेश नम्बर ५, सुदुरपश्चिम र कर्णाली प्रदेशमा पर्ने पश्चिम नेपालको दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, र सुर्खेतमा बसोबास गर्ने थारु समुदायको दशैँ आज आइतबारदेखि सुरु भएको छ ।
अष्टमीका दिन आईतबार बेलुका नयाँ चामलको थारु परीकार ढिक्री पकाएर आफ्ना देवतालाई सम्झिने, भगवानका नाममा ६ देखि ८ वटासम्म लोकल कुखुराका काटेर पुजा गर्ने र ढिक्री जाँड, मासु लगाएतका थारु परीकार खाएर रमाईलो गर्ने दिन हो ।
अहिले बेलुका थारु समुदयले नयाँ धानको चामलबाट बनाईएको थारु परीकार ढिक्री बनाएर आफ्ना कुल देवतालाई लोकल कुखुरा काटेर पुजा गर्ने अनि खानपिन गर्दै रमाईलो गर्ने क्रम सुरु भएको छ ।
दशैँमा थारु समुदायका युवाहरु रातभर मादल बजाउँदै हुर्रदङ्गवा नाचगान गर्ने चलन विगतको तुलनामा धेरै कम भएको पाईएको थारु अगुवा विष्णु थारुे बताउनुभयो ।
यस्तै थारु समुदायले टिकाको अघिल्लो दिन नवमीका दिन पितृलाई सम्झीने अर्थात आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने ९पित्रहवा बगाउने० गर्छन् । सोमवार विहान थारु समुदायले पित्रहवा बगाउने तयारीमा छन् ।
पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका दंगाहा तथा देसाउरीहरुले दशैँको टिकाको अघिल्लो दिन आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी नजिकैको नदी वा खोलमा पितृलाई पिण्ड दिने ९पित्रहवा बगाउने० परम्परागत चलन गर्नै गर्दछन् ।
मुख्य गरी दशैँको यो हुर्रदङ्गवा नाचमा सबैजना पुरुषहरु रहने गर्दछन् भने एकजना पुरुषलाई महिलाको पहिरनमा सजाएर मादले संगै नाच्ने अरु युवाहरु तालि पिट्दै हुक्कै हुक्कै भनेर कुदने उफ्रने गर्दछन् ।
घटस्थपनाका दिन जमरा राखेर दशैँ सुरु भएपनि अधिकाँस थारु समुदायले द्धितियाका दिन जमारा राख्ने र नवरात्राको दिन अर्थात टिकाको अघिल्लो दिनसम्म आफ्ना पुर्खाहरुको सम्झनामा हुरदङ्गवा नाचगान गरी श्राद्ध गरेझैँ पितृलाई पिण्ड दिने ९पित्रहवा बगाउने० अनि भोलीपल्ट टिका लगाउने परम्परागत चलन रहेको थारु अगुवा बताउँछन् ।
तर आजभोली थारु कला संस्कृति हराउँदै गएको छ, दशैँमा थारु समुदायका युवा युवतीहरुले थारु पहिरनमा गरीने विभिन्न नाचगान हरेक वर्ष घटदै गएको बर्दियाका स्थानिय थारु अगुवाहरु बताउँछन् ।
यसैबिच थारु समुदायको कला संस्कृति लोप हुन लागेको भन्दै थारु संस्कृती जर्गेना गर्ने उदेश्यले ठाकुरबाबा, बारबर्दिया, गुलरिया, मधुवन, राजापुर लगायतका नगरपालकाका केही स्थानमा स्थानियको आयोजनामा परम्परागत थारु सँस्कृती झल्कीने विभिन्न थारु साँस्कृतिक नाचगान गरीएको समेत जाईएको छ ।
दशैँका बेला गाउँघरमा हुने थारु समुदायको नाचगान पछिल्ल्लो समय घट्दै गएकोमा थारु समुदायका अगुवा चिन्तित