बाँके प्रहरीको सकृयता , कुटपिट गरि हत्या गर्ने २ जना पक्राउ

नेपालगन्ज – शनिबार राती मदिरा सेवन गरि सामान्य झैझगडा हुदा बिहारी भनी चिनिने अन्दाजी ४०-४५ बर्षका एक भारतिय नागरिकको मृत्यु भएको छ ।

भारत बिहार भोजपुर घरभै नेपालगज-उप-माहनगरपालिका वडा नं. १८ लगदवा स्थित सुन सम्बन्धी कार्य गर्ने मृतकको नाम थर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंज उप-महानगरपालिका वडा नं. १८ वस्ने वर्ष ४० को वर्षाती हरिजन र बर्दिया बारबर्दिया न.पा.वडा नं. ५ वस्ने ३५ बर्षका संदिप चौधरीलाई आइतबार प्र.नि.दिपक मल्लको कमाण्डमा खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई मृत शवको लाशजाँच मुचुक्का समेतको प्रारम्भिक कार्य पुरा गरि मृत शव पो.मा.को लागि भेरी अस्तपाल नेपालगंजमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनाको सुचना आइतबार बिहान पाए लगत्तै प्र.नि.दिपक मल्लको कमाण्डमा खटिएको प्रहरीको टोलीले शकास्पद व्यक्तिहरु लाई नियन्त्रणमा लिएको थियो । मृतकको टाउको, ओठ तथा मुखको भागमा चोट रहेको छ समेत बाके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया