फाइल तस्वीर : ईन्टरनेट
नेपालगन्ज – बागेश्वरी मन्दिरमा सुनको सिक्री चोरी गर्ने एक भारतीय नागरिक प्रकाउ परेका छन् ।
बागेश्वरी मन्दिर दर्शन गर्न आएकी नेपालगंज उप-महानगरपालिका वडा नं. ४ वस्ने उमा देवी पाण्डेको करिब १ तोला बराबरको घाँटीमा लगाएको सुनको सिक्री चोरी गर्ने भारत विषनपुरका ५८ बर्षिय मासपियारी चमारलाई सिक्री सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
पक्राउ चमारले मन्दिर दर्शन गर्न आएकी उमादेबी पाण्डेको सिक्री आइतबार बिहान ९-३० चोरी गरेका थिए ।