शरद रेग्मी /तुलसिपुर
बडा दशै सबैको घरमा भित्रिय सङै सबैको घरघरमा जमघट हुने ,मिठो मसिनो खाने तथा रमाइलो गर्ने चलन उहिले देखि नै चलिआएको छ ।
हुने खाने हरुले यस्लाई ठुलै पर्वका रुपमा मनाउने गर्दछन भने निम्न आयश्रोत पनि नहुने र दैनिक खर्च पनि जुटाउन नसक्ने परिवारले भने सधैंभरि कस्टकर जीवन बिताउन बाध्य भएका हुन्छन । बिगत ८ बर्ष देखि यस्तै पिडामा रुमल्लि रहेका रुकुम सानो भेरि गाउपालिका घर भई तुलसिपुरमा बस्दै आएका गर्दर्भ परिवारलाई भने दशै आयो भने झन झन चटारोले सताएको हुन्छ ।
आठ बर्षदेखि अस्थायी रुपमा तुलसिपुर रक्षाचौरमा बस्दै आएका एउटै परिवारका चार जना दृष्टिबिहिन परिवारलाई सदाकै बर्ष झै यश पटकको बडा दशैको अबसर पारेर तुलसिपुरका ब्यबसायि र सङघ सस्थाहरुले खाधान्न र नगद सहयोग गरेका छन ।
रिपोर्टस क्लब दाङको समन्वयमा तीन छोरि र एक १ छोरा लाई तुलसिपुरमा पुनस्थापना गरेर बस्दै आएकि रुपा गन्दर्भ लाई आज घरमै गएर केही सहयोग हस्तान्तरण गरिएको हो ।
तुलसिपुरमा क्रियाशिल ब्यबसायिहरु सहित रुपा गन्दर्भको घरमा पुगेका सहयोगी मन भएका ब्यबसायिहरुले उनिहरुलाई बस्ने बासस्थान र शिक्षा दिक्षाका लागि सहयोग गर्नुपर्ने भन्दै आफुहरु पनि थप सहयोग गर्न तयार रहेको बताएका थिय ।
कार्यक्रममा पन्ध्र हजार बढिको खाधान्न र नगद सहयोग गरेको रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो ।सो अबसरमा तुलसिपुर उधोग बाणिज्य सङघका निबर्तमान अध्यक्ष बिमल रिजाले खाधान्न,त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले नगद,लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसिले नगद,त्यसैगरि बाणिज्य सङघका अध्यक्ष बिरु रावतले तेल,ब्यबसायिहरु हेमन्त डागि,प्रकाश भट्ट ,दिपक रेग्मी ,बिरेन्द्र केसि,मिनराज भण्डारी लगायतकाले नगद तथा खाधान्न सहयोग गरेका थिय ।
बिगत आठ बर्ष देखि निरन्तर बडा दशैको अबसरमा तुलसिपुरक्षेत्रमा रहेका दृश्टिबिहिन र असाहाय परिवारलाई रिपोर्टस क्लबको समन्वयमा सहयोग निरन्तरता पाएको महासचिव बिमल गौतमले जानकारी दिनुभयो ।