प्राधिकरण कर्मचारी संघको शुभकामना आदानप्रदान

नेपालगन्ज – नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकोछ। विजयादशमी, दिपावली तथा छटको अवसरमा नेविप्रा कर्मचारी संघ कोहलपुर इकाइ समितिद्वारा बिहीबार सो कार्यक्रम सम्पन्न भएको हो।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अतिथिरहनुभएकी कोहलपुर नगरपालिका उपप्रमुख सन्जुकुमारी थारुले कार्यालयबाट स्वच्छ सेवा प्रवाहका लागि कर्मचारीको प्रतिवद्धता पहिलो आवश्यकता रहेको बताउनुभयो।त्यसका लागि कर्मचारी स्वयम् प्रतिवद्ध हुनुपर्ने उल्लेख गर्दै उहाँले यस्ता उत्प्रेरक कार्यक्रमले उर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।

सो अवसरमा नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र प्रमुख रुमेश रुपाखेती, डोल्पा वितरण केन्द्र प्रमुख शंकरसिंह ठकुरी,कोहलपुर वडा नं.१० का वडाअध्यक्ष निरज चलाउने,कर्मचारी संघ केन्द्रीय सदस्य गणेशबहादुर थापा, कर्मचारी संघ मध्यपश्चिम क्षेत्रीय अध्यक्ष दुर्गाप्रसाद जैसी, राष्ट्रिय कर्मचारी युनियन (आ.ट्रे.यु.)प्रदेश नं.५ उपाध्यक् विष्णुबहादुर महत, कोहलपुर वितरण केन्द्रका सहायक इन्जिनियर संजीव राय, प्रशासन प्रमु नवराज भट्ट,राष्ट्रिय कर्मचारी युनियन(आ.ट्रे.यु.) नेपालगन्ज इकाइ अध्यक्ष गणेश खत्री, दैनिक ज्यालादारी संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष केवलराम डाँगी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिदैं आपसी सहकार्यमा जोड दिएका थिए।

सो अवसरमा इकाइ समितिद्वारा प्रकाशित विजयादशमी शुभकामना सन्देश कार्डपनि उपस्थित सबैलाई प्रदान गरिएको थियो।

इकाइ उपाध्यक्ष सन्तोष वाग्लेले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम इकाइ अध्यक्ष राजेन्द्रकुमार थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रमको संचालन सचिव यामबहादुर बोहराले गर्नुभएको थियो।

प्रतिक्रिया

प्रतिक्रिया