सुवेदीलाई सम्मान

नेपालगन्ज
नेपालगन्ज उप महानगरपालिकाले सामाजिक अभियन्ताका रुपमा नारायण सुवेदी (अमन)लाई सम्मान गरेको छ । मंगलवार २९ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर बाँके उत्कृष्ट सामाजिक अभियन्ताको रुपमा सुवेदीलाई सम्मान गरिएको हो ।

असहाय तथा जेष्ठ नागरिकहरुलाई आश्रय दिंदै आएको नीलसागर आश्रमका उपाध्यक्ष सुवेदीलाई सम्मानसँगै नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, महिला अधिकृत उपसचिब शोभा शाह भेरी वृद्राश्रमका अध्यक्ष युवराज शर्मा, नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनाल लगायतले योगदानको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया