नेपालगन्ज – सामुदायिक शान्ति र सद्भावका लागि हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको अवसरमा आयोजित दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सोमबार खजुरा गाउँपालिका ७ सोनापुरमा सम्पन्न भएको छ ।
श्री सेवादास शिव भगवान व्यवस्थापन समिती सोनपुरको आयोजना र फेल्म नेपाल र संस्थागत बिकास संजाल ललितपुरको सहकार्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले सामाजिक सद्भाव र धार्मिक सहिसुर्णताका लागी सम्पूर्ण समुदायले जोगाउनु पर्ने बताएका छन् ।
कार्यक्रममा नेकपा बाँकेका अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य आइपी खरेलले दशैको शुभकामना संगै हाम्रो समुदायमा भएका धार्मिक सहिसुर्णता बिश्वकै उत्कृष्ट रहेको बताएका छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेल , खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया बिक , राम बहादुर पुन संचारकर्मी खगेन्द्र दहाल लगायतका उपस्थिति रहेको कार्यक्रमको सभापतित्व श्री सेवादास शिव भगवान व्यवस्थापन समिती सोनपुरका अध्यक्ष थानेदार यादवले गरेका थिए