दुर्गा मूर्तिले सजियो बाँके

नेपालगन्ज – दुर्गा मूर्तिले बाँकेका सहरका चोक, चौराह मात्र होइन गाउँ पनि सजिएका छन् । विजयादशमीको अवसरमा बाँकेका सबै जसो गाउँमा दुर्गा मूर्ति स्थापना गरिएका छन् । नेपालगन्जका चोक, चोकमा दुर्गा मूर्तिहरु राखिएका छन् । जसले दशैं उत्साह बढाएको छ ।

दुर्गा मूर्ति राखिएका स्थानमा प्रत्येक दिन विहान, साँझ पुजाआजा गर्ने गरिन्छ । कतिपय मूर्ति राखिएका स्थानमा आरतीपछि धार्मिक चलचित्रहरु समेत प्रदर्शन गरेको पाइन्छ । ‘मूर्तिका कारण अबेरसम्म सहरमा चहलपहल रहेको देख्न सकिन्छ’, रमेश चौधरी भन्छन् ।

नेपालगन्जमा राखिएका दुर्गा मूर्तिले दशैंको आभाष सँग धर्मप्रतिको आस्था र परम्परालाई जोगाएको धारणा राख्छन् स्थानीय भगवान शरण यादव । ‘गाउँमा राखिएका मूर्तिका कारण दशैंको छुट्टै उत्साह देख्न सकिन्छ’, जानकी गाउँपालिकाका गंगाराम काँदु भन्छन् ।
नवदुर्गा सम्म राखिने दुर्गा मूर्तिहरु त्यसपछि नजिकको नदीमा लगेर बिसर्जन गर्ने गरिन्छ । बाँकेमा रहेको अधिकांस मूर्ति राप्ती नदीमा बिर्सजन गरिन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया