नेपालगन्ज – नीलसागर सेवाश्रमले आइतवार आफ्नो तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।
संस्थाले दिएको जानकारी अनुसार, संस्था स्थापनाको तीन बर्ष पुगेको पावन अवसरमा सिसिहनिया दाङ्गमा सेवा सुरुसङ्गै यसकार्यमा समर्पित अभियन्ताहरुलाई सम्मान गरिएको छ ।
नीलसागरका अध्यक्ष सरीता खनालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख अभिभावक बिजय गुप्ताले विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी अभियन्ता एवम् सहयोगीलाई सम्मानगरेको संस्थापक उपाध्यक्ष अमन सुवेदीले जानकारी दिए ।
संस्थापक उपाध्यक्ष सुवेदीले कार्यक्रममा सस्था सुरुवातसङ्गै झेल्नुपरेका समस्या, संघर्ष र उपलब्धीबारे धारणा राखेका थिए ।
संस्थापक अध्यक्ष सरिता खनालले स्थापनाको तेस्रो वर्षमा सिसिहनिया दाङ्गमा नयाँ शाखा खोलेर तेश्रो बार्षिकोत्सव मनाएको बताइन् । सेवा विस्तारमा नीलसागरले अपेक्षित उपलब्धी प्राप्त गरिरहेकोमा अध्यक्ष खनालले आफु सन्तुष्ट रहेको बताइन् ।