नेपालगन्ज- नेपालगन्जमा एक दिने निःशुल्क प्राथमिक उपचार तालिमको आयोजना गरिने भएको छ । डिस्कोभरी रोयल स्पोर्टस् एलएलसीले बुधबार निःशुल्क तालिमको आयोजना गर्न लागेको हो । विपद्का बेला प्राथमिक उपचारले धेरैको ज्यान बच्न सक्ने भएकाले तालिमको आयोजना गर्न लागेको आयोजकले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
लैङ्गीक समानता तथा मानव अधिकार केन्द्रको सहकार्यमा आयोजना हुने तालिमका लागि समाजका सक्रियहरुलाई सहभागिताका लागि आव्हान गरेको केन्द्रका कार्यकारी निर्देशक सागर सिंह ठकुरीले जानकारी दिएका छन् ।
केन्द्रका अध्यक्ष राहुल कौशललेसर्पदंश, ह्दयघात, बाढी र डुवानका समयमा तत्काल अपनाउनु पर्ने प्राथमिक उपचारका बारेमा स्पोर्ट्सका प्रमुख ओमप्रसाद उप्रेती सम्मेलित तीनजना विज्ञ टोलीले जानकारी गराउने बताए । यसअघि केन्द्रले नेपालका २६ जिल्लामा १ हजारबढीलाई सो तालिम दिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
विभिन्न २६ वटा बिषयमा टोलीले तालिम दिनेछ । नेपालगन्जमा आयोजना गरिएको तालिममा करिव सय बढीको सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । बाँकेमा निःशुल्क प्रथामिक उपचार तालिम लगत्तै बर्दियामा पनि आयोजना गरिने अध्यक्ष कौशलले जानकारी गराएका छन् ।