नेपालगन्ज – बाँकेमा रहेको अर्यालहरु संगठित भएका छन् । शनिबार कोहलपुरमा अर्याल समाज नेपाल जिल्ला कार्यसमिति बाँकेको प्रथम जिल्ला सम्मेलन गरिएको हो ।
समाजका केन्द्रीय संस्थापक अध्यक्ष छविलाल अर्यालको प्रमुखको आतिथ्यतामा भएको सम्मेलनले डोलराज अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको खिमानन्द अर्यालले जानकारी दिए ।
समाजको उपाध्यक्ष डा. सन्तोष कुमार शर्मा (अर्याल), सचिव पदम अर्याल, सहसचिव पवनदेव अर्याल, कोषाध्यक्ष माधव अर्याल र सदस्यहरुमा राधा अर्याल, धर्मराज अर्याल, श्याम कुमार शर्मा (अर्याल), खिमानन्द अर्याल, डिल्लीराज अर्याल, मोहनबिक्रम अर्याल लगायत छन् । मान बहादुर अर्याल, डोल प्रसाद अर्याल, नारायण साहसी, चण्डी अर्याल र नन्दलाल अर्याल समाजको सल्लाहकार चयन गरिएका छन् ।