बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका १ भुरीगाँउमा रहेको बर्दिया टाइगर नेटवर्कद्धारा संचालित रेडियो टाइगर ९९.२ मेगाहर्ज चौथो वर्षमा प्रवेश गरेको छ ।
कृषि, संस्कृति, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, पर्यटन, संरक्षण र विकासका लागि संचार भन्ने नारा सहित तिन वर्षअघि २०७३ सालमा घटस्थापनाका दिनदेखि रेडियो टाइगर बर्दियाले नियमित कार्यक्रम आरम्भ गरेको बर्दिया टाइगर नेटवर्क रेडियो टाइगरका अध्यक्ष जनार्दन योगीले बाएका छन् । रेडियो टाइगरले हरेक ५ वर्षमा विशेष वार्षिकोत्सव कार्यक्रमको आयोजना गर्ने उनले बताउनुभयो ।
समाज, राष्ट्र र समुदायको उत्थान, संरक्षण र विकासका साथै पर्यटन प्रवर्धन र विभिन्न उत्पादनहरुको बजार प्रवद्र्धनमा समेत सक्दो सहयोग गर्ने रेडियोले नीति लिएको रेडियो टाइगरका प्रवन्धक भावुक योगीले बताए ।
विभिन्न जनचेतना मुलक शन्देश र रेडियो कार्यक्रम प्रसारण गरी समुदायमा चेतना अभिवृद्धी गराउन सहयोग पुर्याउने उदेश्यका साथ रेडियो टाइगरले तिन वर्ष अघि घटस्थपनाका दिनदेखि विभिन्न सूचनामूलक, समाचारमूलक, संरक्षणूलक, शिक्षाप्रद, ज्ञानवद्र्धक एवं मनोरञ्जनात्मक कार्यक्रमहरु सुरु गरेको रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपालले बताएका छन् ।
बिक्रम सम्बत २०७३ सालको घटस्थापनाका दिनदेखि सयवाट क्षमतामा ८८ थोप्लो २ मेगाहर्जमा नियमित प्रसारण सुरु गरेको रेडियो टाइगरले गत वर्षदेखि क्षमता अभिवृद्धी गरि ५०० वाटमा ९९ थोप्लो २ मेगाहर्जबाट स्रोता माझ आफ्नो सेवा दिइरहेको छ ।