नेपालगन्ज – बाँकेको डुडुवा गाउँपालिकामा आपतकालिन प्रतिकार्यका लागि पूर्व तयारी परियोजना संचालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाईटी बाँकेले सो परियोजना संचालन गर्न लागेको हो ।
गाउँपालिकामा बाढी प्रकोपको उच्च जोखिम रहेकाले त्यसको व्यवस्थापन तथा पुर्व सूचनाका लागि परियोजना संचालन गर्न लागिएको हो । परियोजनाका बारेमा आज जनप्रतिनिधीलाई अभिमुखीकरण गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधीहरुलाई विभिन्न विपत तथा त्यसले पार्ने असर, जोखिम न्यूनिकरण, पुर्व सूचना प्रर्णाली तथा व्यवस्थापन बारे जानकारी गराएको थियो ।
नियमित सूचना व्यवस्थापन गर्दैै निश्चित समयमा प्रभावकारी विपद् प्रतिकार्यका लागि परियोजना अन्र्तगत डुडुवामा स्थानीय आपतकालिन कार्य सञ्चालन केन्द्रको स्थापना गरिने भएको छ । अभिमुखीकरणमा परियोजना बारे जिल्ला आपत कार्यसञ्चालन केन्द्र बाँकेका संयोजक गौरीलाल बुढाथोकी र रेडक्रसका झविलाल शर्माले जानकारी गराएका थिए ।