समाजको अन्तरसंवाद

नेपालगन्ज
नेपालगन्जमा मानव अधिकार तथा शान्ति समाज बाँके शाखाको साधारण सभा एवं अन्तर सम्वाद कार्यक्रम शनिबार आयोजना गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाज बाँकेकी अध्यक्ष कृष्णा देवी पाण्डेको अध्यक्षतामा तथा मानव अधिकार तथा शान्ति समाजका प्रतिनिधि तथा केन्द्रीय समितिका सचिव टेक बहादुर सार्कीको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति, बिशिष्ठ अतिथि लगायतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष तथा अधिवक्ता पवन कुमार गुप्ताले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि नन्दलाल बैश्य, समाजका केन्द्रीय प्रतिनिधि तथा सचिव टेक बहादुर सार्की, धम्बोझी उच्च माध्यमिक बिद्यालय नेपालगन्जका पूूर्व प्राचार्य किरण आचार्य, जनमत पार्टी बाँकेका संयोजक ईरफान अहमद शेषले बोलेका थिए ।
हरित अभियानका अभियन्ता तथा ब्रिटिश ईंग्लिश मिडियम स्कुल नेपालगन्जका प्रधानाध्यापक हेमन्तराज काफले, नेपाल शिक्षक महासंघका अध्यक्ष मनोज कुमार श्रीवास्तव लगायतले मानव अधिकार सबैको समान भएको बताएका थिए ।

समाजका अध्यक्ष कृष्णा देवी पाण्डेले संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनु हुँदैन र एक अर्काको सम्मान गर्नु पर्छ । समाजका सचिव बिष्णुलाल कुम्हारले बार्षिक प्रतिबेदन र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा इगल्याण्डका नागरिक क्रस वाल्डी, समाजकी सदस्य अल्पना बैश्य, लक्ष्मी तिवारी लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन समाजका कार्यसमिति सदस्य रमेश चन्द्र कुमालले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया