नेपालगन्ज – यसै क्षेत्रका चर्चित फोटो पत्रकार भरतबन्धु थापा शनिवार पुरस्कृत भएका छन् । नेपाल पर्वतारोहण संघले दावा नुर्बु पर्वतीय पर्यटन पत्रकारिता पुरस्कारबाट पत्रकार थापालाई सम्मानित गरेको हो ।
नेपालको पर्यटन क्षेत्रमा शब्द, चित्र तथा भिडियोबाट योगदान पु¥याएबापत नेपाल पर्वतारोहण संघले नगद सहित गरेको सम्मान सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले औपचारिक कार्यक्रमबीच पत्रकार थापालाई हस्तान्तरण गरेका थिए । मन्त्री बास्कोटाले नगद १८ हजार ७ सय ५० रुपैया सहित सम्मान पत्र पत्रकार थापालाई प्रदान गरे ।
विगत पन्ध्र बर्ष देखि फोटो पत्रकारिता गर्दै आएका दैलेखका स्थायीबासी पत्रकार थापाले वाइल्ड वेष्ट नेपाल र गन्तब्य कर्णाली फोटो किताब प्रकाशन गरिसकेका छन् । थापा सहित जुली गुरुडलाई समेत पुरस्कार प्रदान गरिएको नेपाल पर्वतारोहण संघले जनाएको छ ।