नेपालगन्ज – खजुरा गाउँपालिका स्थित धनौली प्रहरी चौकीले बुधबार राती गाईको मासु सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक पोषणराज थपलियाको कमाण्डमा खटिएको गस्ती टोलीले ५० किलो गाईको मासु सहित तीन जनालाई रंगेहात पक्राउ गरेको हो ।
खजुरा गाउँपालिका–७ बठुवा स्थित धान खेतमा गाई काटिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले सोही ठाँका बर्षाती खाँ, सलमान खाँ र सरिफ खाँलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुसँग गाई काट्न प्रयोग भएको बन्चरो, छुरी, हसिया, मासु काट्ने अचानो, तौल गर्ने तराजु, ढल पनि नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले तीनै जनालाई बिहीबार जिल्ला अदालत बाँकेबाट गौबध मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।