नेपालगन्ज – छुवाछुतका उजुरी नपरेपनि गाउँमा अझै जातीय विभेदको सामना गर्नुपरेको समुदायका महिलाले बताएका छन् । डुडुवाका गाउँपालिका वडा नं ५मा आयोजित कार्यक्रममा सहभागी महिलाहरुले प्रत्यक्ष रुपले जातिय बिभेदको सामना नगरेपनि समुदायमा अप्रत्यक्ष रुपमा छुवाछुत यथावत रहेको बताए ।
बुधबार आयोजित कार्यक्रममा महिलाहरुले विवाह पुजामा गैर दलीतले बिभेद गर्ने गरेको अनुभव सुनाए । स्थानीय अम्बीका परियारले गैर दलितले मुखले नभने पनि ब्यवहारमा विभेद गर्र्ने गरेको बताइन् । ‘गैर दलितले अझै पनि छुवाछुत गरिरहेका छन्’, उनले भनिन् । यस्तै डुडुवा ५ की देबि परियारले होलीको प्रसाद समेत दलितलाई नदिने गरेको बताइन् ।
दलित महिला संघ बाकेको आयोजनामा लैगिक हिंसा तथा जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ सम्बन्धी छलफल चौतारी कार्यक्रममा सहभागीहरुले व्यवहारमा विभेद कायमै रहेको बताएका हुन् । कार्यक्रममा अधिवत्ता सुनिता शर्माले जातीय आधारमा सार्वजनिक स्थलमा कसैले भेदभाव गर्न नपाउने बताइन् । संविधानको मालिक हक अनुसार कसैले कसैलाइ भेदभाव गर्न पाइदैन् । उनले भनिन्, ‘दलित भएकै कारण उनीहरुको आत्मसम्मानमा ठोस पुर्याउन पाइँदैन ।’ कार्यक्रममा वडा अध्यक्ष पर्शुराम बुढाथोकीले दलित आफैले आफुलाइ कमजोर ठानेर हिनता बोध गर्न नहुने बताए ।
यसैबीच, मंगबार गाउँमा बालबिबाहका घटना बढेपछि अभिभावक, बालबालिका कानुन ब्यबसायी र शिक्षक प्रहरी बीच डुडुवा–४ मा छलफल गरिएको छ । डुडुवा गाउँपालिकाको वडा नं. ४ मा आयोजित छलफलमा बालबिबाह न्यूनिकरणका उपाए बारे छलफल गरियो । कार्यक्रमका शिक्षा अधिवक्ता प्रहरी जनप्रतिनिधि बीच छलफल गरिएको थियो ।
कार्यक्रममा अधिवत्ता सुनिता शर्माले बालबिबाह सामाजिक अपराध भएको भन्दै बाल विवाह गराउने हरु कानुनी दायरा आउनुपर्ने बताइन् । ‘बालबालिका पनि उम्कन पाउँदैनन्’, उनले भनिन्, ‘गल्ती गर्नेहरु उमेर अनुसार सजाय भोग्नुपर्छ ।’
प्रहरीले सुचना पाएमा सुचना दिनुहोस प्रहरीलाइ सहयोग गर्न अनुरोध गरे । बाल बिबाह आफैमा एउटा समस्या हो । अधिवक्ता सुनिता ज्ञवालीले बालबिबाह गरे विवाह दर्ता नबने बच्चा पाए जन्मदर्ता नबने समस्या हुने बताइन् । कानुनी भन्झट धेरै छ । उनले भनिन्, ‘कानुनी रुपमा अपराध नै हो ।’
कानुनले २० बर्षको उमेरमा विवाह गर्ने उमेर तोकेको छ । छलफलमा स्थानीयले आ–आफनो भनाइ राख्दै बाल विवाह नियन्त्रणका लागि प्रयास गर्ने प्रतिबद्धता जाहेर गरे । आधारभुत विद्यालयका प्रह बद्र आलम खानले बालबालिकालाई अनिवार्य विद्यालय पठाउन आग्रह गरे ।
बालबालिका र अभिभावक सचेत भए भने बिस्तारै सबै कुरा कम हुने उनको तर्क छ । कार्यक्रममा सहभागी अभिभावक कमला कुमारी खटिकले भागेर जाने डरले पनि सानै उमेरमा छोराछोरीको बिहे गर्ने गरेको बताइन् । दलित महिला संघको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष निर्मला सुनारले मधेशी समुदायका दलित बालबालिका विद्यालय बाहिर रहेको भन्दै विद्यालय आउने वातावरण बनाउन सबै सरोकारवालालाई आग्रह गरिन् ।