“डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु “

काठमाण्डौ ८ असोज । सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ ।

अमेरिकामा रहेका लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु ” सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन ।
करिब पाँच सय बर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स-बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए । गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु ” पहिलो ए]तिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन ।

लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा गरेका भ्रमण गरेका थिए ।
मल्ल शासन काल यता करिब पाँच सय बर्ष देखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाण्डौसंग स्थापीत रहेको नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन ।

लेखकले पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु ” को अन्तराष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन ।

प्रतिक्रिया

प्रतिक्रिया