नेपालगन्ज – जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोबिन्दपसाद पाण्डेले मातहतमा रहेका जानकी गाउँपालिका अन्तरर्गतका अतिरिक्त हुलाक कार्यालयहरुको स्थलगत अनुगमन गरेका छन् । साइगाऊ, बेलभार, इन्द्रपुर, खजुराखुर्द, बेलहरी तथा गनापुरको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका सेवा प्रवाहको अबस्था, भौतिक तथा मानविय समस्याको बारेमा हुलाक बाँके प्रमुख पाण्डेले जानकारी लिएका हुन् ।
हुलाक कार्यालयहरु बिगत देखि गाबिसको भवनमा रहेर सेवा प्रवाह गर्दै आइ रहेकाले ती कार्यालयका भौतिक पूर्वाधार सम्बन्धी समस्याहरु समाधान तथा अन्य समन्वयका लागि जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल, प्रमुख प्रमुख प्रशासकिय अधिकृत महेन्दजंग शाही तथा सो गाऊपालिकाका बिभिन्न वाडका अध्यक्षसंग कार्यालय प्रमुख पाण्डेले छलफल समेत गरेका थिए ।
छलफलका क्रममा जानकी गाउँपालिकाका अध्यक्ष यादवले हुलाक कार्यालयका कर्मचारीले नियमित रुपमा स्थानीय तहको सम्पर्कमा रही सेवा प्रवाह गरेको तथा हुलाक कार्यालयहरु बिगतदेखि गाउँपालिका तथा हाल वडा कार्यालयमा रहँदै आएकाले अतिरिक्त हुलाक कार्यालयहरुलाई आउँदा दिनमा समेत गाउँपालिका तथा वडा कार्यालय भवनमा ब्यबस्थापन गरिने तथा आबश्यक फर्निचर लगाएतका स्रामागी समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । अध्यक्ष यादव र कार्यालय प्रमुख पाण्डे बीच जानकी गाउँपालिकाको केन्द्र रहेको स्थानमा इलाका हुलाक कार्यालय स्थापना गर्ने बिषमा समेत छलफल भएको थियो ।
जिल्ला हुलाक कार्यालय बाँकेमा हुलाक बचत बैंकले जेष्ठ नागरिक बचतमा ७ प्रतिशत तथा अन्य बचतमा ६ प्रतिशत ब्याज दिने तथा ब्याजमा आय कर नलाग्ने भएकोले जानकी गाउँपालिका आम नागरिलाई हुलाक बचत बैंकमा बचत गर्न पेरित गर्न गाउँपालिका तथा जिल्ला हुलाक कार्यालय बाँकेले संयुक्त रुपमा जनचेतना मुलक कार्यकमहरु सञ्चालन गर्ने बारेमा समेत सहमति भएको छ ।
स्थलगत अनुगमन तथा निरीक्षणमा जिल्ला हुलाक कार्यालय बाँकेका खरिदार मोहनलाल कहार, इलाका तथा जानकी गाउँपालिका अन्तरगतका अतिरिक्त हुलाकका हुलाकी, हुलाक प्रतिनिधी, डांक बहाक तथा पत्र वितरक कर्मचारीहरुको समेतको उपस्थिति रहेको थियो ।