नेपालगन्ज – नेपालगन्ज उपमानगरपालिकाले नगर क्षेत्रमा निर्माण गरेका दुई वटा शौचालय आइतबारदेखि सञ्चालनमा आएका छन् । भेरी अस्पताल अगाडि र जिल्ला सहकारी संघको अगाडि निर्माण गरिएका सार्वजनिक शौचालय प्रयोगमा ल्याइएको हो । नेपालगज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा र उपप्रमुख उमा थापा मगरले संयुक्त रुपमा शौचालयको शुभारम्भ गरेका थिए ।
नेदरल्याण्ड विकास नियोगको स्वास्थ्य विकासका लागि नगर सरसफाई योजना अन्तर्गत ८१ लाख १६ हजार रुपैयाँमा नगर क्षेत्रमा बनाइएका तीनवटा सार्वजनिक शौचालय उद्घाटनसँगै संचालनमा आएका छन् । नयाँ शौचालय अपांगतामैत्रीसँगै स्नानघरको समेत सुविधा रहेको छ ।
आधुनिक शौचालयको उद्घाटन गर्दै नगर प्रम्ुख डा. राणाले नयाँ निर्माण गरिएका सार्वजनिक शौचालय विदेशी मापदण्ड अनुसारका रहेको भन्दै यसको सहि सदुपयोगका लागि सबै नागरिकसँग आग्रह गरे । उपप्रमुख उमा थापा मगरले धम्बोझीमा निर्माण भइरहेको अत्याधुनिक शौचालय पनि निर्माण पुरा हुनासाथ संचालन गरिने जानकारी दिइन् ।