नेपालगन्ज – लायन्स एण्ड लियो क्लब अफ नेपालगन्ज, खजुरा र न्यू भिजन नेपाल पोलिक्लिनिक प्रालि खजुराको संयुक्त आयोजनामा शनिबार खजुरा स्थित ज्ञानोदय नमुना माबिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
‘विद्यार्थी संग लायन्स, हामी सेवा गर्छौ’ नाराका साथ संविधान दिवसको अवसर पारेर आयोजित शिविरमा दाँत, कान र आँखाको परिक्षण तथा उपचार गरिएको थियो ।
शिविरको उद्घाटन गर्दै खजुरा गाउँपालिका कार्यवाहक प्रमुख एकमाया बिकले स्वास्थ्य जनताका आधारभूत आवश्यकता भएकाले यसतर्फ खजुरा गाउँपालिका सचेत रहेको बताइन् । खजुरा गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा भएको निःशुल्क दाँत, कान र आँखाको परीक्षणमा एक हजार बढीले सेवा लिएको ज्ञानोदय नमुना माबि ब्यबस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले जानकारी दिए ।