नेपालगन्ज – मोटरसाइकलको ठक्कबरबाट नेपालगञ्जमा एक युवतीको मृत्यु भए पछि मृतकका आफन्तिले नेपालगन्ज नर्सिङ होम अगाडि फरार रहेका पक्राउ गरि कार्वाहीकोआग गर्दै धर्ना दिएर चक्काजाम गरेका छन् ।
नर्सिङ होम अगाडी आज विहान १० बजे मोटरसाइकलको ठक्करबाट दाङको गढवा ७ बस्ने २२ बर्षीया सीता चौधरीको नर्सिङ होममा लैजादै गर्दा मृत्यु भएको हो ।
पैदलयात्री ती युवतीलाई ठक्कर दिने मोटरसाइकलसहित चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजीका लागि सबै प्रहरी युनिटलाई जानकारी गराइसकेको प्रहरीले बताएको छ ।