नेपालगन्ज- पछिल्लो समय लागु पदार्थ दव्र्यशन वडामा विकराल समस्याको रुपमा रहेको नेपालगन्ज वडा नं. १८ का नागरिकहरुले बताएका छन् । सोमवार वडा कार्यालयमा भएको सरोकारवाहरु विचकको छलफल कार्यक्रका सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा वडा नम्बर १८ का कार्यवाहक अध्यक्ष दिग्बीजय ढुंगानाले लागुपदार्थको समस्या दिन प्रतिदन विकराल बन्दै गएको बताए । पछिल्लो समय लागुपदार्थ सेवनकर्ताहरुको संख्यामा बृद्धि हुँदै गएको बताउँदै लागु पदार्थको दुव्र्यशनमा लागेकाहरुको तथ्याँक संकलन गरि समस्या समाधान गर्ने वडाको योजना रहेको बताए । साविकको सिंगो गाविसको रुपमा रहेको वडा नं. १८ मा आफु निर्वाचित भए पश्चात वडाको समग्र विकासमा प्रगति भएको ढुंगानाले बताए । विगतको दुइ वर्षको अवधिमा महत्वपुण कार्यहरु भएको बताउँदै यो वर्षमा संघ, प्रदेश र स्थानी तहबाट महत्वपुर्ण योजनाहरुको लागि वजेट विनियोजित भएको का.वा. अध्यक्ष ढुंगानाले जानकारी गराएका थिए ।
बास नेपालगन्ज र एकाण्टबिलिटी ल्यावदारा सञ्चालित आर्थिक पारदर्शिताका लागि जवाफदेहिता परियोजना अन्र्तगत जनप्रतिनिधि र बिभिन्न विषयका विज्ञसंग भएको छलफल कार्यक्रममा बोल्दै लग्दहवा माबि ब्यवस्थापन समितिका अध्यक्ष श्याम थापाले वडाले संचालन गर्ने योजना तथा कार्यक्रमको दिगोपनाका लागि सबैसंगको समन्वय आवश्यक रहेको बताए । वडा कार्यालयले वडा स्थित बिद्यालयहरुको समग्र शैक्षिक सुधारको लागि गरेको पहल सराहनीय भएको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय लगानी गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रमका अर्का सहभागी सुनिता बिष्टले वडा भित्र बढ्दो लागु पदार्थ दुव्र्यसनका कारण महिलाहरु पीडित भएको भन्दै लागु औषध नियन्त्रणका लागि प्रभावकारी रुपमा पहल गर्नुपर्नेमा जोड दिइन् । छलफमा वडा सदस्य बुद्धिलाल चमार र आशा शाही, स्थानीय हेमराज सुबेदी, दिपक थापा लगायतले वडाको समग्र विकासका लागि सबै पक्षलाई साथमा लिई अघाडी बढेमा वडाले अपेक्षित सफलता हासिल गर्न सक्ने बताएका थिए ।
परियोजनाका समुदाय अगुवा समन्वयकर्ता शोभा थापा मगरले सञ्चालन गरेको बैठकमा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश बासका निर्वतमान अध्यक्ष मन भण्डारीले गरेका थिए भने छलफल कार्यक्रमको सहजीकरण समुदाय अगुवा समन्वयकर्ता रबिन्द्र बोहराले गरेका थिए ।