नगर युवा सदभाव समितिमाको संयोजकमा पौडेल

नेपालगन्ज – पत्रकार मधु पौडेल नगर स्तरीय नगर युवा सदभाव समितिमाको संयोजक चयन भएका छन् । आइतबार भएको पौडेलको नेतृत्वमा १५ सदस्यीय समिति बनाइएको हो ।

समितिको सहसंयोजकमा बाल अभियान्ता साहील अंसारी, सचिवमा चिरिञ्चिवि गौतम तथा कोषाध्यक्षमा सुमिना अधिकारी रहेका छन् । समितिको सदस्यमा राजेन्द्र विष्ट, राज वर्मा, समिर अलि वेहना, गिता गोसाई, मो.आशिफ अन्सारी, अमृता चन्द, मनिषा यादव, सलिम हलवाई, रामचन्द्र पोख्रेल, पुजा वर्मा, श्वेता गुरुङ्ग रहेको छन् ।

कार्यक्रममा गैरसरकारी महासंघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह, बागेश्वरी असल शासन क्लबका अध्यक्ष रमेश सिटौला, महासचिव एवं प्रवक्ता शिवकुमार वर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया