नेपालगन्ज – दशै, तिहार लगायतका चाडपर्वहरु नजिकिदै जाँदा सामाजिक सद्भाव कायम राख्न बिभिन्न कार्यक्रमहरु हँुदै गएका छन् । बाँके जिल्ला विभिन्न धर्म, जात, जाती र समुदायको वसोवास रहेको जिल्ला हो । यहाँ विगतमा सामाजिक सद्भावमा खलल पुग्ने क्रियाकलापहरु हुने गरेको पाइन्छ । विभिन्न सरोकारवाला निकाय तथा संघ संस्थाहरुको पहलमा सामाजिक सद्भाव कायम राख्न गरिएका प्रयासहरुको कारण सामाजिक सद्भावको जिल्लाका रुपमा यसले पहिचान बनाउँदै गएको छ ।
सामाजिक शद्भावलाई कायम राख्न र सबैमा शद्भावको भावना विकास गर्ने उद्देश्यले बासले आइतवार नेपालगन्जको वडा नं. २० मनिकापुरमा सामुदायिक सुरक्षा अभिवृद्धिमा समुदाय प्रहरी साझेदारी विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा सहभागिहरुले नजिकिदै गरेका विभिन्न चाड पर्वमा सामाजिक सद्भाव कायम गर्न सबैले पहल गर्ने जनाएका छन् ।
नागरिक प्रहरी बीचको अन्र्तक्रिया कार्यक्रममा नेपालगन्ज वडा नं. २० का वडा अध्यक्ष कृष्ण बहादुर कार्कीले वडाले नागरिकहरुलाई प्रवाह गर्ने सेवामा कुनै पनि जात, धर्म, वर्ग, समुदाय र क्षेत्रका आधारमा विना भेदभाव सेवा प्रवाह गरिरहेको बताएका थिए । विशेष गरि चाडपर्वको समयमा मादक पदार्थ सेवन गर्ने प्रचलनले गर्दा सामाजिक सदभाव र सुरक्षा खलवलिने सम्भावना रहने हुदा मादक पदार्थ रहित तरिकाले चाडपर्व मनाउनु पर्नेमा अध्यक्ष कार्कीको जोड थियो ।
गनापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरिक्षक दिनेश विष्टले मनिकापुर क्षेत्रमा सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षामा कमि हुन नदिन आफ्नो तर्फबाट कुनै कमी नहुने बताए । सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा कायम गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउदै प्रहरीलाई आवश्यक सहयोग गर्न नागरिकहरुलाई विष्टले अनुरोध गरेका थिए ।
युएनडिपिको सहयोगमा बासद्वारा सञ्चालित दिगो विकास र सामाजिक सदभावका लागि नागरिक सहभागिता परियोजना अन्तर्गत प्रहरी र नागरिक बीच अन्तर सम्बाद कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सामाजिक सदभाव सदभावलाई प्रभावपार्ने तत्वहरुको पहिचान गर्ने र सामाजिक सदभाव प्रवद्र्धन गर्न सामुहिक प्रयासको आवश्यकता रहेको विषयमा सहभागिहरु विच छलफल भएको थियो । कार्यक्रममा सामाजिक सदभाव समिति, वडा कार्यालयका प्रतिनिधि, सामुदायिक प्रहरी, नेपाल प्रहरी धार्मिक अगुवाहरु, विभिन्न संघ संस्थाका प्रतिनिधहरु लगाएतको सहभागिता रहेको थियो । बासका सिएफे शाभा तापाले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोग शम्भु शाहीले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।