भक्तपुर – कक्षपती समाज भोलाछें, भक्तपुरको पाँचौं साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । साधारणसभाले विष्णुहरि कक्षपतीको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको हो ।
समितिको उपाध्यक्षमा अनुपलाल कक्षपती, सचिवमा दिनेश कक्षपती, सह–सचिव – श्याम कक्षपती, कोषाध्यक्षमा गजेन्द प्रसाद कक्षपती, सह–कोषाध्यक्ष उमाचरण कक्षपती रहेका छन् ।
त्यस्तै, सदस्यहरुमा पुष्पलाल कक्षपती, हरिगोपाल कक्षपती, चैतन्यसागर कक्षपती, यज्ञप्रसाद कक्षपती, बालगोपाल कक्षपती, श्रीकृष्ण कक्षपती, राजेश कक्षपती, ज्ञानेन्द्र प्रसाद कक्षपती, राजन प्रसाद कक्षपती चयन भए ।
निर्वतमान अध्यक्ष ज्ञानेश्वर कक्षपतीको अध्यक्षतामा भएको साधारणसभाले सल्लाहकारमा विष्णु प्रसाद कक्षपती, सूर्यभक्त कक्षपती, श्रवण कुमार कक्षपती तथा सुरेन्द्र प्रसाद कक्षपतीलाई मनोनयन गरेको छ ।
साधारण सभाले एक वर्षको कार्यनीति, पाँच लाखको अक्षय कोष तथा यसै वर्ष भित्र कक्षपती बन्धुहरुको राष्ट्रिय भेला गर्ने लक्ष्य राखिएको छ ।