डेङ्गु रोगका बिरामीको प्रभावकारी उपचार व्यवस्था

बाँकेका विभिन्न स्वास्थ्य संस्थाहरुमा डेङ्गु रोगका बिरामीको प्रभावकारी उपचार व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालय बाँकेको समन्वयमा यहाँका सरकारी तथा निजी अस्पताल र स्वास्थ्य चौकीमा समेत व्यवस्थित जाँच र उपचारको व्यवस्था मिलाइएको र जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले डेङ्गु रोग पैmलन नदिन रोकथामको सबैखाले उपाय अवलम्बन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँकेका विभिन्न स्वास्थ्य संस्थामा अहिलेसम्म २३ जना डेङ्गु रोगका बिरामी उपचारका लागि आएको पाइन्छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएका सात जनाको अहिले उपचार भइरहेको छ । अन्य स्वास्थ्य संस्थाहरुमा पनि यो रोगका बिरामीको उपचार भइरहेको जनाइएको छ ।

भेरी अस्पतालमा उपचारको लागि आएका बिरामीमध्ये अधिकांश बाँके जिल्ला बाहिरका भएको अस्पताल प्रमुख डा रुपानन्द अधिकारीले जानकमरी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया